October 23, 2017

दोलखामा गोली चल्दा एक सुरक्षाकर्मीको ज्यान गयो

काठमाण्डौ, ३१ वैशाख । निर्वाचन सुरु भए लगत्तै तनावग्रस्त बनेको दोलखामा झडपका क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउँदा उनको मृत्यु भएको हो ।झडपका क्रममा सुरक्षाकर्मीले नै चलाएको गोलीबाट उनको मृत्यु भएको र अहिलेसम्म सनाखत हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिए ।

यसअघि मतदान सुरु भए लगतै विभिन्न स्थानमा तनावको अवस्था सिर्जना भएको भएको थियो ।