८ वर्षीया बालिकालार्इ बलात्कार गरेको अारोपमा एक युवक पक्राउ

काठमाण्डौ, २८ फाल्गुन । बालाजु शान्तिटोल निवासी वर्ष आठकी  एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलार्इ पक्राउ गरेको छ ।

फाल्गुन २२ गते बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुर घर भएका वर्ष ३५ को राजकुमार लामा गएराति शान्तिटोलबाटै पक्राउ परेका हुन् । पीडित बालिकाका परिवारले आइतबार मात्रै मौखिक उजुरी गरेपछि लामालाई पक्राउ गरी थुनामा राखिएको प्रहरीले जानकारी दिएको छ।

उपचारपछि परिवारले पीडित बालिकालार्इ आइतबार नैै घर लगिसकिएको जनाएको छ ।   राजकुमार लामालाई जबरजस्ती करणीको आरोप लागेकाले आज मुद्दा दर्ता गर्ने महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए ।

बालिकाले राजकुमारले जबरजस्ती गरेको बयान दिएकाले मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको खड्काको भनाइ छ ।