Breaking News

निर्वाचन अधिकृतले माफी मागे

भक्तपुर ३१ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित सावित नगरकोट गाविसको गाविस भवनमा रहेको मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतले माफी मागेका छन् ।

निर्वाचन अधिकृतले अशक्तहरुको आग्रह विपरीत गोप्य कोठमा गएर रुख चिन्हमा छाप लगाइदिएको मतदाताले बताएका थिए । मतदान अधिकृत अरुण रन्जीतलाई मतदाताले मादल चिन्हमा मतदान गरिदिन आग्रह गरेपनि उनले रुखमा मतदान गरिदिएको मतदाताले मौखिक रुपमा उजुरी गरेका थिए ।

मतदाताले यस्तो उजुरी गरेपछि केही समय त्यहाँको मतदान प्रक्रिया रोकिएको थियो । केहिबेरको विवादपछि मतदान अधिकृत रञ्जितले सार्वजनिक रुपमै माफी मागेका थिए । निर्वाचन ऐन नियम र आचारसंहिता विपरीत क्रियाकलाप गर्ने मतदान अधिकृतलाई कारबाही गर्न निर्वाचन आयोग र सरकारसँग माग गरिएको छ ।

shares