प्रधानमन्त्री ओलीले प्राप्त गरे दुई तिहाइ विश्वासको मत

काठमाण्डौ, २७ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ विश्वासको मत प्राप्त गरेका छन् ।

संसदमा रहेको २ सय ७५ जनामध्ये आईतबार २ सय ६८ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीले २ सय ८ मत पाएका छन् । विपक्षमा ६० मत खसेको छ । समर्थनमा रहेका र विपक्षमा रहेका सांसदहरूले मतविभाजनका आधारमा मत जाहेर गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका साथै, स्वतन्त्र सांसद छक्कबहादुर लामा, जनमोर्चाकी दुर्गा पौडेल, राप्रपाका राजेन्द्र लिङदेनलगायतको समर्थन रहेको छ ।

सभामुख कृष्णबहादुर महराले आउँदो चैत्र २ गते उपसभामुखको चुनाव हुने सूचना सुनाउँदै आईतबारको संसद बैठक स्थगित भएको घोषणा गरे ।