May 26, 2017

आजबाटै मतगणना सुरु गर्ने निर्वाचन आयोगको तयारी

काठमाण्डौ, ३१ वैशाख । स्थानीय तह निर्वाचनको मतदान सकिए लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले बताएको छ ।

प्रथम चरणको मतदान अन्तर्गत ३४ जिल्लामा शान्तिपूर्वक रुपमा मतदानको कार्यक्रम भइरहेको छ । मतदान सकिए लगत्तै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन पनि जारी गरेको छ । जसअनुसार वडाको मतगणना सकिएपछि क्रमिक रुपमा सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *