मधेशी जनताले अधिकार नपाएसम्म संघर्ष जारी रहन्छ: उपेन्द्र यादव

काठमाण्डौ, २७ फाल्गुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन् ।

संघीय समाजवादी फोरमका तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई सम्मान गर्न आइतबार काठमाण्डौमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले न्यायका लागि संघर्ष अगाडि बढाउन जनताले आफूहरूलाई जनादेश दिएकोे र उनीहरूले अधिकार नपाएसम्म न्यायका लागि आफू र जनताले पनि संघर्ष जारी राख्ने बताए ।

विभेदकारी नीति तथा भेदभावका कारण विभिन्न भेगका जनता पछाडि परेको आरोप उनको छ । उनले समावेशी अधिकारका लागि पार्टीले चालेको अभियान निरन्तर रहने धारणा राखे । उनले संघीय संघर्षबाट जनताको अधिकार स्थापित गराउने पनि बताए ।