Breaking News

अन्तर्राष्ट्रिय ललित व्यापार मेला हुने

ललितपुर, २७ फाल्गुन । ललितपुर उद्योग वाणिज्य संघको स्वर्ण-जयन्तीको उपलक्ष्यमा अन्तर्राष्ट्रिय ललित व्यापार मेला २०७४ को आयोजना हुने भएको छ ।

ललितपुर जिल्लालाई पर्यटन तथा संस्कृतिको प्रवर्द्धन गर्ने अभिप्रायका साथ फागुन ३० देखि चैत्र ३ गतेसम्म मेला आयोजना हुने संघले आईतबार ललितपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

ललित व्यापार मेला पाटन दरबार स्क्वायर, भण्डारखाल बगैंचामा आयोजना गरिने छ । मेलामा अन्तराष्ट्रिय व्यापारीहरु पनि सहभागिता रहनेछन् । मेलाका संयोजक तथा संघका अध्यक्ष कृष्णलाल महर्जनले मेलामा कृषि हस्तकला , विज्ञान प्रविधिलगायतका ९० औद्योगिक स्टल रहने जानकारी दिए ।

मेलाको मुख्य आकर्षणको रूपमा सिंगो ललितपुरबाट जेष्ठ नागरिकलाई सम्मान गरिने आयोजकले जनाएको छ । यसैगरी, स्वर्ण महोत्सव जयन्तीको अवसरमा सिक्का निष्काशनको कार्यक्रम पनि राखिएको संघले जनाएको छ ।

shares