August 21, 2017

डिपीएलमा रुपन्देही च्यालेन्जर्स र कञ्चनपुर आइकोनिक विजयी, विराटनगर किंग्स र सीवाईसी अत्तरिया पराजित

धनगढी ३ बैशाख । धनगढी प्रिमियर लिग (डिपिएल)मा रुपन्देही च्यालेञ्जर्सले लगातार चौथो जित दर्ता गरेको छ ।

आज सम्पन्न पहिलो खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ६१ रनले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जित निकालेको हो । १ सय ३३ रनको लक्ष्य पछ्याएको विराटनगर १८ दशमलव १ ओभरमा ७१ रनमै समेटिएको हो ।

विराटनगरका लागि कप्तान शरद् भेष्वाकरले ३४ रन जोड्नु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । विराटनगरलाई कम रनमै समेट्न सहाब आलमले चार तथा दिपेश श्रेष्ठ र कृष्ण कार्कीले समान तीन–तीन विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित बीस ओभरमा आठ विकेटको नोक्सानीमा १ सय ३२ रन बनँएको थियो । उसका लागि अन्तिम थापाले ४५ तथा कृष्ण कार्कीले बाइस रन बनाए ।

त्यस्तै आजै भएको अर्को खेलमा कञ्चनपुर आइकोनिकलेले सीवाइसी अत्तरियालाई ६ विकेटले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको सीवाईसीले निर्धारित २० ओभरमा ८५ रन मात्र बनाउन सक्यो ।

जवाफि व्याटिङ गरेको कन्चनपुरले १० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । ६ टिम सहभागी प्रतियोगिताको विजेताले १५ लाख रुपैया“ र उपविजेताले ७ लाख रुपैया नगद प्राप्त गर्ने छ ।