Breaking News

चीनमा राष्ट्रपतिको २ कार्यकालको हद हटाइँदै, सी जिनपिङ अाजीवन राष्ट्रपति बन्ने

काठमाण्डौ, २७ फाल्गुन । चीनमा राष्ट्रपतिको लागि तोकिएको दुर्इ कार्यकालको समय-सीमा हटाइने भएको छ ।

चीनका वर्तमान राष्ट्रपति सी जिनपिङलार्इ अाजीवन राष्ट्रपति बनाउने प्रयासस्वरूप दुर्इ कार्यकालसम्म मात्र राष्ट्रपति बन्न पाउने व्यवस्थामा परिमार्जन गर्न लागिएको जनाइएको छ ।

चिनियाँ संसदको अाइतबार बस्ने वार्षिक बैठकले उक्त संवैधानिक व्यवस्थामाथिको संसोधनलार्इ पास गर्न लागेको हो । चीनमा सन् १९९० को दशकदेखि राष्ट्रपतिको लागि बढीमा दुर्इ कार्यकाल तोकिएको थियो ।

अक्टोबरमा भएको कम्युनिष्ट पार्टीको महासभामा सी जिनपिङले अाफूपछिको नेतृत्व लिने संभावित उत्तराधिकारीको घोषणा गर्ने परम्परालार्इ तोडेका थिए । पार्टीले सीको नाम र उनको राजनीतिक सिद्धान्तलार्इ पार्टीको संस्थापक नेता माअोत्से तुङसरहको हैसियतमा पार्टीको विधानमा अंकित गर्ने पक्षमा मत जाहेर गरेपछि उनी थप शक्तिशाली बनेका थिए ।

गत फेब्रुअरीमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ संविधानबाट राष्ट्रपतिको कार्यकाल सम्बन्धमा व्यवस्था गरिएको संवैधानिक हदबन्दीलार्इ हटाउने प्रस्ताव गरेको थियो । पुरानो प्रावधानअनुसार राष्ट्रपति सीको कार्यकाल सन् २०२३ मा समाप्त हुनेछ ।

shares