September 26, 2017

मतदाता र उम्मेद्वारलाई अवरोध गरेकाेमा एमाले अध्यक्ष अोलीद्वारा सरकारकाे अालोचना

भक्तपुर ३१ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  सरकारले देशका विभिन्न स्थानमा बल प्रयोग गरी मतदाता र उम्मेदवारलाई मतदान केन्द्र पुग्न नदिन षडयन्त्र गरेको बताएका छन ।

मतदाता र उम्मेदवारहरुलाई भाेट खसाल्न मतदान केन्द्रमा पुग्नमा अवरोध सिर्जना गरेकाेमा अाेलीले सरकारकाे अालोचना गरे ।

सुर्यविनायक नगरपालिका वडा नंम्बर २ स्थित महेन्द्र शान्ति माबि बालकोटमा रहेको मतदान केन्द्रमा मतदान गरिसकेपछि अध्यक्ष अाेलीले स्थानीय तहको निर्वाचन स्थिरता र स्थायीत्वको लागि महत्वपूर्ण भएकोले युवापिढी निरास होईन आशावादी हुनुपर्ने उनको भनाई थियो ।