८ औं कंडेल कन्सल्टेन्सी कप शनिबारबाट अष्ट्रेलियाको मेलवर्नमा हुने

मेलवर्न, २५ फाल्गुन । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूमाझ निकै लोकप्रिय बन्दै गइरहेको कंडेल कन्सलटेन्सी कपको ८ अौं संस्करण शनिबारबाट मेलवर्नमा सुरु हुने भएको छ ।

यति फुटवल क्लव अष्ट्रेलियाको आयोजनामा हुने यस प्रतियोगतिामा अष्ट्रेलियाभरका १६ फुटबल क्लबको सहभागिता रहने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न समयका राष्ट्रिय खेलाडीका अलावा अष्ट्रेलियाका राष्ट्रियस्तरका खेलाडीहरूको समेत सहभागिता रहने भएको छ ।

१० र ११ मार्चमा मेलवर्नमा हुने यो प्रतियोगितामा हजारौंको संख्यामा दर्शकहरू सहभागी हुने प्रायोजक कंडेल कन्सल्टेन्सी एजुकेसन माइग्रेसनका प्रबन्ध निर्देशक राज कंडेलले बताए । हजारौं डलरको पुरस्कार राशी रहेको यस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक यति फुटबल क्लबले जनाएको छ ।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूबीच भाइचारा वृद्धिमा यस प्रकारका प्रतियोगिताले ठूलो भूमिका खेलिरहेको महसूस गर्दै विगत ८ वर्षदेखि यो प्रतियोगिता निरन्तर गरिरहेको आयोजकहरूको भनाइ छ । मुख्य प्रायोजक रहेको कंडेल कन्सल्टेन्सी एजुकेशन माइग्रेसनले अष्ट्रेलियामा नेपालीहरूमाझ हुने सबै प्रकारका सामुदायिक कार्यक्रमहरूमा निरन्तर सहयोग गर्दै आइरहेको छ ।