Breaking News

चिकित्सा शिक्षा र सेवाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ, २५ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा र सेवाको गुणस्तरमा ध्यान दिन आग्रह गरेका छन् ।

वीर अस्पतालको गुरुयोजनाअन्तर्गत वीर अस्पताल सर्जिकल भवनको शुक्रबार काठमाण्डौमा शिलान्यास गर्दे प्रधानमन्त्री ओलीले प्राविधिक शिक्षा सिधै कामसँग जोडिने भएकाले यसको गुणस्तरमा ध्यान दिन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले आफूले प्राविधिक शिक्षाको विकास र विस्तारमा पहिलो प्राथमिकता दिने जानकारी दिँदै आम जनताको स्वास्थ्यस्थितिमा सुधार ल्याउन गुणात्मक फड्को मारिने उल्लेख गरे।

त्यस्तै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नु रहेको बताए । आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा सुरु भएको उनको भनाइ छ । उनले विकासले ल्याएको असन्तुलित प्रयोगलाई रोक्न आवश्यक रहेकोमा जोड समेत दिए ।

नौ तलाको अत्याधुनिक सो भवनभित्र १५ वटा चिकित्सा विज्ञानका अत्याधुनिक शल्यक्रिया रहने छन् । यसैगरी पोष्ट अपरेटिभ, ४० शैयाको सर्जिकल अति सघन कक्ष र पुस्तकालय रहने छन् । नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

shares