October 23, 2017

अब सिंहदरबारको अधिकार गाउँ पुग्छ : रामचन्द्र पौडेल

दमौली ३१ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनले सिंहदरवारको अधिकार गाउँमा स्थापीत गराउने बताएका छन्  ।

आइतवार दमौली स्थित सत्यवती मा वि केन्द्रवाट मतदान गरेपछि सञ्चारकर्मीहरु सँग संक्षिप्त कुरा गर्दैै नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।

‘सिंहदरवारको अधिकार गाउँ गाउँमा स्थापित गर्न स्थानीय तहको चुनाव निकै महत्वपुर्ण छ’ उनले भने । यो चुनावले संविधान कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्वास काँग्रेस नेता पौडेलको छ ।

‘स्थानीय तहको निर्वाचनले स्थानीय सरकार मार्फत काम गर्ने हुदा सिंहदरवारको अधिकार गाउँ गाउँमा स्थापीत हुन्छ’ पौडेलले भने । दोस्रो चरणको निर्वाचनलाई समेत समयमै गराउन यो चुनावले महत्वपुर्ण भुमिका खेल्ने उनले बताए ।