Breaking News

बर्दियाको महोत्सवमा बद्रीले रुवाए, नविन र भुमिकाले नचाए

भावुक योगी/बर्दिया, २५ फाल्गुन । बर्दियाको मधुवन नगरपालिका सानोश्रीतारातालमा मधुवन औधोगिक, व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४ सुरु भएदेखि जाडो घटेर हल्का गर्मी बढिरहेका बेला बिहीबार लोकदोहोरी गाएक बद्री पंगेनीले महोत्सवका दर्शकहरूलाई आफ्ना प्रस्तुती सुनाउँदै रुवाएका छन् ।

लोकदोहरी गाएक बद्री पंगेनी स्टेजमा उक्लिएसंगै पररर ताली बज्यो । गायक पंगेनीले सुरुमा एकछिन देशमा राजनीतिक अस्थिरतासंगै नेताले भोट माग्ने बेला दिएको आश्वासन पुरा गर्दैनन् भन्दै मधुवन नगरपालिकाका नगरप्रमुख गणेश केशीसहित जितेर गएका सांसद, लगायतका देशभरका नेतालाई ब्यंग्य गर्दै ‘लौन नेता ज्यु, मधुवनमा आउन कैलेकाहीं, किन नेता ज्यु हाम्रो भेट हुन्न पहिले झैँ…’ जनताका काममा ध्यान दिनुपर्ने भन्दै शन्देशमुलक गीत सुनाए ।

त्यसपछि उनले आफ्नो दुईवटी आमाको पनि निधन भएकाले जतिपनि आमाहरू हुनुहुन्छ आमा भन्न मन लाग्छ र त्यो आमा जस्को छोरो विदेश कमाउन गएको छ ऊ आमा दुखी हुनुहुन्छ होला भन्दै देशमा रोजगार नपाएका कारण वर्षेनी हजारौँ युवाहरू विदेशी भूमिमा जानु परेकाले आमा बिदा पाँउदिन अहिलेको सालपनि घरमा आँउदिन भन्दै अधिकाँस आमाका छोराहरु विदेशमा यसै भन्दै होलान भन्दै यस्तै एउटा गीत सुनाउँछु भने ।

जब गायक पंगेनीले महोत्सवका दर्शहरूलाई विदेश कमाउन गएको छोरो चार्डपर्व र रमाईलोमा अनि मधुवन महोत्सवमा पनि घर नर्फकिएको कथा ब्यथा समेटेर आमाहरूका लागि भन्दै आफूले गाएको ‘आमा बिदा पाइएन, अहिले ताराताल मधुवनको महोत्सवमा घरमा आइएन……. गीत जब सुनाए अधिकांस सबै भावुक भए चुपचाप, शान्त अनि आमाहरू रुन थाले, महिलाहरू च्यादरले आँखा भरी भरिएका आँसु पुछदै गीत सुनिरहे ।

गायक पंगेनीले गित गाईरहँदा महोत्सवमा उपस्थित अधिकाँश महिलाहरू च्यादरले मुख छोपी सुँक्क सुँक्क रोइरहेका आमाहरूलाई अँगालो मार्न स्टेज छोडेर दर्शकहरू भएको ठाँउमा आएर आमाहरूलाई अंगालो मार्दै पुरै गीत नसकी उनले बीचैमा रोके र भन्न थाले आमाहरू मैले तपाईहरूलाई रुवाउनका लागि यो गीत पस्केको होईन भन्दै दुबै आमाहरूलाई नरुन आग्रह गरे । एकछिन माहौल नै खल्बलियो प्रहरीलाई दर्शकहरू सम्हाल्नै हम्मे हम्मे पर्यो । भिँडभाडमा केहीका बच्चाबच्चीसमेत हराएको सुचना आउन थाल्यो ।

त्यसपछि गायक बद्री पंगेनीले युवा युवतीका लागि रमाईला खालका गीत गाउँछु भन्दै नाच्न र आमाहरू नरुनुस भनेर आग्रह गर्दै रमाईला खाले गीत सुनाउन थाले । तर सुरुमा गाएको गीतले मन रोइरहेका आमाहरूलाई मन थामी नसक्नु बनाएका बद्री पंगेनीको गीतले अधिकांस महिलाहरू रोइरहेका देखिन्थे महोत्सवमा ।

गायक पंगेनीले आमाहरूलाई नरुन आग्रह गर्दै ‘पंगेनीलाई के भयो भयो, छेउमै बस्ने नानीमा मन गयो कान्छी य कान्छी, टयाईँकुटी ट्याईँकुटी झ्याईँ’ लगायतका रमाइला गीत सुनाउँदै आफू पनि नाच्दै अनि दर्शकहरूलाई नचाउँदै महोत्सव तताए ।

गायक नविन पौडेल र गायिक भुमिका गिरीले पनि नचाए ।

गायक नविन पौडेल, गायिक भुमिका गिरीले पनि महोत्सवमा आफ्नो गीत प्रस्तुत गरेर दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएपछि बर्दियाको मधुवन नगरपालिका सानोश्री तारातालको महोत्सव झनै तातेको थियो ।

यस्तै महोत्सवमा गायक नवीन पौडेलले चार बजे स्कुलबाट घरमा आइनन् भनी बस्नुपर्छ बाउआमाले औँला गनी गनी जोगाउनै गाह्रो फुलेको तोरीलाई हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो ।’ गीत गाएर हजारौँ दर्शकलाई नचाए ।

‘फुलेको तोरीलाइ बैँश आकि छोरीलाई जोगाउनै गाह्रो’ प्रस्तुत गर्दा दर्शकबाट हुटिङ तथा ताली बज्यो । अहिलेका निक्कै व्यस्त गायक पौडेलले ‘आजै भेट भाको बर्दिया आको म परेँ पाल्पाको, ‘बैनी कति जाती पानी माग्दा मैदिनी एक्लै हुदा सैंदिनी’ के सम्झनु छ र जान्न मत त्यो घर, हरेक जातजाति, सत्य खान्छु कसम, बुलाकी लाउँदिनौ झुम्काना लाउदिनौं, लगायतका गीतहरू प्रस्तुत गरेका थिए । बर्दिया मधुवनको महोत्सवमा दोस्रो दिनदेखि चौथो दिनसम्म लगातार माहोल तातेको छ ।

फागुन २० गतेदेखि संचालन गरिएको महोत्सवमा सुरुका दिनदेखि अहिलेसम्म लोकदोहोरी गायक बद्री पंगेनी नविन पौडेल, भुमिका गिरी, रामजी खाँड, कमल निर्मोही, टंक तिमिल्सेना, देबी घर्ति लगायका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुले दर्शकहरूलाई भरपूर मनोरञ्जन दिइरहेका छन् । महोत्सव फागुन २९ गते सकिने महोत्सव मूल आयोजक समितिका संयोजक देबेन्द्र प्रसाद तिमील्सेनाले जानकारी दिए ।

“देश निर्माणमा उद्योग व्यापारको आवश्यकता, व्यवसायिक हितसंगै सामाजिक एकता” भन्ने नाराका साथ आयोजना गरिएको बर्दियाको पहिचानका लागि मधुवन औधोगिक, व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४ फागुन २९ गते सम्म १० सञ्चालन हुने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

महोत्सवको प्रदर्शनीमा घरेलु उद्योगबाट उत्पादित वस्तु, दैनिक उपभोग्य सामग्रीहरू, अटोमोबाईल, कृषि उत्पादन तथा जडिबुटीहरू, हस्तकला, सूचनामुलक सामग्रीहरू, सुचना प्रविधि, पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार, स्थानीय परिकार, सांस्कृतिक झलक, गार्मेन्ट, जुत्ता तथा पस्मिना लगायत वाल उद्यानमा ठूला साना झुला, नाउ, आदि रहेको छ ।

shares