खालि पेटमा यस्ता चिज खानु हुँदैन, मन्द विषको काम गर्छ

मानिस स्वस्थ रहनका लागि दैनिक अाहारमा विशेष ध्यान दिनु अावश्यक हुन्छ । खानामा फलफूल, हरियो सागसब्जी एवं प्रोटिनयुक्त अाहार सामेल गर्न सकेको खण्डमा मात्र स्वास्थ्यको लागि राम्रो ठहर्छ । यी सबै चिज खाएर मात्र पनि स्वास्थ्य राम्रो हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। यस्ता सन्तुलित खाना र पोषक तत्वहरू कसरी र कुन समय सेवन गर्ने भन्ने कुराले पनि ठूलो फरक पार्दछ । हरेक चिज खानको लागि ठिक समय हुन्छ, जुन हामी सामान्यत: त्यति ख्याल गर्दैनौं । फलस्वरूप त्यसले स्वास्थ्यमा उल्टो असर पारिरहेको हुन्छ ।

-सखरखण्ड जति मन पर्ने भएपनि बिहान खालि पेटमा खानु हुँदैन । सखरखण्डमा पाइने ट्यानिन एवं प्याक्टिनले खालि पेटमा ग्यास्ट्रिक एसिडको समस्या उत्पन्न गराउँछ । खालि पेटमा यसको सेवनले छाती पोल्ने तथा ग्याँसको समस्या हुन्छ ।

-वजन बढाउन मानिसहरू बिहान दुधसँग केरा खाने गर्दछन् । तर यसले शरीरमा म्याग्नेसियमको मात्रा दोब्बर हुन जान्छ जसले शरीरमा भएको क्याल्सियमसँग रासायनिक प्रतिक्रिया गर्छ । यसले ग्याँस एवं एसिडको समस्या पैदा हुन्छ ।

-त्यसैगरी, खालि पेटमा कफी पनि पिउनु हुँदैन । यदि कफी पिउने बानी परेको छ भने बिहान कफी पिउनुभन्दा पहिले एक गिलास पानी पिउने गर्नुहोस् । खालि पेटमा चिया पनि पिउनु हुँदैन । चिया खालि पेटमा पिएमा ग्याँस एवं कब्जियतको समस्या बढ्न सक्छ ।

-खालि पेटमा सोडा पिउनु पनि स्वास्थ्यको लागि उत्तिकै हानिकारक हुन्छ । सोडामा ज्यादा कार्बोनेट एसिड हुन्छ जसले पेटमा अम्लसँग मिलेर पेट दुख्ने समस्या उत्पन्न गराउँछ भने छाती वा अाँतमा जलन हुन्छ ।

यो पनि पढ्नुहोस्-

विष साबित हुन सक्छ यी ५ चिज, भुलेर पनि प्रयोग नगरौं