Breaking News

टस जितेर स्कटल्यान्ड विरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाण्डौ, २४ फाल्गुन । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

जिम्बावेको बुलवायो रंगशालामा सवा १ मा हुन गइरहेको खेल प्रतियोगितामा नेपालको दोस्रो खेल हो ।  नेपालले आजको खेल जित्नैपर्ने दबाबका बीच मैदानमा उत्रेको छ । स्कटल्यान्ड यसअघिका दुवै खेल जितेर समूह बी को शीर्ष स्थानमा रहेको छ भने नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रनले पराजित भएको थियो । यसअघि स्कटल्यान्डले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।

स्कटल्यान्ड र नेपालबीच एकदिवसीय खेलमा पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ । पछिल्ला तीन वटै खेलमा नेपालले हार व्यहोरेको छ ।

नेपाली टोली 
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।

स्कटल्यान्ड टोली
केल कोइट्जर, रिची बेरिङटन, माथ्यु क्रस, एलास्डयर इभान्स, कोलुम म्याकलियोर्ड, जर्ज मुन्सी, साफयान शरिफ, टम सोल, क्रिस वालन्स, मार्क वाट, ब्राड ह्विल, स्टुवार्ड हिटिङघम।

shares