August 19, 2017

सुर्खेतमा शान्तिपूर्ण रुपमा मतदान हुँदै

रमेश कुमार पाण्डे / सुर्खेत ३१ बैशाख । स्थानिय निकायको पहिलो चरणको निवार्चन अन्तरर्गत सुर्खेतमा विहानैदेखी शान्तिपुर्ण तवरवाट मतदान भैरहेको छ ।

एक लाख ८४ हजार ३ सय ९९ मतदाता रहेको सुर्खेतमा २४० वटा मतदान केन्द्र रहेको छ । स्थानिय तह ९ मध्ये सवैभन्दा वढि वीरेन्द्रनगर नगरपालिकामा सवैको चासो देखिएको छ । वीरेन्दनगरका १६ वटा वडा हरुमा विहानै देखी शान्तिपुर्ण तवरले मतदान भैरहेको छ ।
यसैगरि सुर्खेतमा रहेका विभिन्न दलका केन्द्रिय नेताहरुले मतदान गरेका छन ।

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खडकाले गुर्भाकोट नगरपालिकाकाे सूर्यज्योति मावि केन्द्रबाट मतदान गरेका छन । नेपाली कांग्रेसका नेता एवं सहकारीमन्त्री हृदयराम थानीले वीरेन्द्रनगर नगरपालिकाकाे  त्रिपुरेश्वर मावि केन्द्रबाट मतदान गरेका छन भने नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर नगरपालिकाे भैरव मावि केन्द्रबाट मतदान गरेका छन ।