Breaking News

श्रीलंकाको क्यान्डी सहरमा संकटकाल घोषणा

काठमाण्डौ, २३ फाल्गुन । मुसलमान र बहुसंख्यक सिंहला बौद्धमार्गीहरूबीच तनाव बढेपछि श्रीलंकाको क्यान्डी सहरमा संकटकाल घोषणा गरिएको छ ।

मध्यश्रीलंकाको लोकप्रिय पर्यटकीय गन्तव्य क्यान्डीमा ट्राफिकसम्बन्धी विवादका क्रममा केही मुसलमानहरूको कुटपिटबाट एक जना बौद्धमार्गीको ज्यान गएपछि पछिल्लो विवाद सुरु भएको हो । संकटकाल घोषणा गरिएसँगै उक्त सहरमा व्यापक सेना परिचालन गरिएको संचारमाध्यमले जनाएको छ ।

अघिल्लो हप्ता पूर्वी सहर अम्परामा एक जना मुसलमानको पसलमा भएको विवादका क्रममा मुसलमान विरोधी प्रदर्शन भयो । तर त्यसअघि पनि उक्त क्षेत्रमा तनाव र हिंसा भएका थिए । सन् २०१७ मा जस्तै अहिले पनि बौद्धभिक्षुहरूले तनाव फैलाइरहेको आरोप खेपिरहेका छन्।

श्रीलंकामा देशको कुल जनसंख्याको ९ प्रतिशत मुसलमानहरू छन् । पछिल्ला वर्षहरूमा उनीहरू धार्मिक रूपमा अझ रूढीवादी हुन थालेको अारोप लाग्ने गरेको छ । सामाजिक संजालको प्रयोग गरी सो क्षेत्रमा थप हिंसा भड्काउने काम भइरहेको बताइन्छ ।

सन् २०१४ मा दक्षिण-पश्चिममा भएका हिंसामा चार जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । बीबीसी

 

shares