Breaking News

बलिउड अभिनेता जितेन्द्रविरुद्ध यौन शोषणको मुद्दा

मुम्बर्इ, २३ फाल्गुन । बलिउड अभिनेता जितेन्द्रविरुद्ध यौन शोषण गरेको अभियोगमा मुद्दा दायर भएको छ ।

जितेन्द्रका नाता पर्ने बहिनीले केही समय अघि जितेन्द्रविरुद्ध यौन उत्पीडनको अारोप लगाउँदै सिमलास्थित अदालतमा रिट दायर गरेकी हुन् । अाफूलार्इ पीडित बताउँदै उनका कजिन(बहिनी)ले घटना घटेको ४७ वर्षपछि अारोप लगाएकी हुन् । उनले अाफू १८ वर्षको हुँदा उक्त घटना भएको खुलासा गरेकी छन्, जतिबेला जितेन्द्र २८ वर्षका थिए ।

पीडितका अनुसार उनी १८ वर्षको छँदा जितेन्द्रले उनलार्इ फिल्मको शुटिंग देखाउन भनेर पितासँग अनुमति लिएर लगेका थिए । सोही बहानामा जितेन्द्रले अाफूसँग गलत काम गरेको बताएकी छिन् । डरको कारण उनले लामो समयसम्म उक्त कुरा लुकाएर राखेको  र अामा बुबाको मृत्युपछि मात्र मुद्दा दर्ता गर्न लागेको बताइन् ।

बुबाअामालार्इ चिन्ता पर्ला भनेर उनले यति लामो समयसम्म सो घटनालार्इ बाहिर ल्याउन नचाहेको उनको भनाइ छ । हाल विश्वमा चलिरहेको यौन दूर्व्यवहारविरुद्धको #METOO (मि टू) अभियानले उनलार्इ पुरानो घटनाबारे अावाज उठाउन हिम्मत दिएको पनि उनले बताइन् ।

shares