Breaking News

ढुंगा प्रहारबाट एक जनाको मृत्यु, हत्याराको खोजी कार्य जारी

उदयपुर, २३ फाल्गुन । जिल्लाको त्रियुगा नगरपालिका–७ मा एक महिलाले प्रहार गरेको ढुंगा लागी मंगलबार राति एक जनाको ज्यान गएको छ ।

उदयपुरगढी गाउँपालिकाकी धमिनी कार्कीले प्रहार गरेको ढुंगाले लागेर त्रियुगा नगरपालिका–८ चुहाडेका ५१ वर्षीय शिव कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

बाटोमा हिँडिरहेको बेला महिलाले ढुंगा प्रहार गर्दा घाइते कार्कीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले जानकारी दिए । घटना साँझ छ बजे घटेको उनले बताए । ढुंगा प्रहार गर्ने महिला फरार रहेको र अहिले व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अभियुक्त पक्राउ परेपछि मात्र विस्तृत विवरण आउने प्रहरीको भनाइ छ । घटनास्थल सदरमुकाम गाइघाटबाट ७ किलोमिटरको दूरीमा पर्छ । किन र के कारणले ढुंगा प्रहार गरिएको जानकारी प्रहरीले दिएको छैन।

shares