August 19, 2017

३४ जिल्लाका २८३ स्थानीय तहमा मतदान सुरु

काठमाण्डौ ३१ बैशाख ।  दुई दशक पछि आज मुलुकमा स्थानीय निर्वाचनका लागि  मतदान भइरहेकाे छ । यस निर्वाचनले पहिलो चरण अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधि चुन्नेछ।

प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा आज स्थानीय तहको नेतृत्वका लागि अाज मतदान हुँदैछ।यस अघि २०५४ सालमा स्थानीय निर्वाचन भएको थियो । त्यसयता स्थानीय निर्वाचन हुन सकेको थिएन।

पहिलोचरणको यस निर्वाचनमा  ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मतदान गर्न पाउनेछन। नयाँ संविधानले व्यवस्था गरे अनुरुपको ७ सय ४४ स्थानीय तह मध्ये तीन प्रदेशका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुन लागेको हो। निर्वाचनबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वाचित हुँदैछन्।