मोटरसाईकल दुर्घटनामा परी एक म्यादी प्रहरी गम्भिर घाइते

दिनेश शर्मा राजविराज, ३० वैशाख । सप्तरीको डाकनेश्वरी नगरपालिका ५ स्थित कठौना–पातो सडक खण्डमा शनिबार मोटरसाईकल दुर्घटनामा परी एक म्यादी प्रहरी गम्भिर घाइते भएका छन् ।

स ८ प ३७९८ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा स्थानीय १९ वर्षिय सूर्यनारायण चौधरी घाइते भएका हुन् । मोटरसाईकल अनिन्त्रत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यसअघि गत बुधवार (२७ वैशाख) पनि मोटरसाईकल दुर्घटनामा परी दुई जना म्यादी प्रहरी घाईते भएका थिए ।