Breaking News

उत्तर-दक्षिण कोरियाली सम्बन्ध बलियो बनाउने किम जोङ-उनको चाहना

काठमाण्डौ, २२ फाल्गुन । उत्तर कोरियाली नेता किम जोङ-उनले दक्षिण कोरियासँग निकटतम सम्बन्ध बढाउन चाहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

दक्षिण कोरियाली उच्च पदस्थ अधिकारीहरूले भर्खरै प्योङयाङ भ्रमणको क्रममा विरलै भेट्न पाइने नेता किम जोङ-उनसँग रात्री भोजमा सहभागी भएपश्चात् उक्त कुरा बाहिर अाएको हो । किम शक्तिमा अाएपछि उनलार्इ भेट्ने यो नै पहिलो दक्षिण कोरियाली टोली हो ।

उक्त भेटवार्ताबारे दक्षिण कोरियाले दुर्इ पक्ष भावी वार्ताका लागि सन्तोषजनक सहमतिमा पुगेको प्रतिक्रिया दिएको छ । भ्रमण दल केही दिनपछि उत्तर कोरियासँग भएको कुराकानीको बारेमा ब्रिफिङ गर्न वासिंगटन जाने बताइएको छ ।

उक्त भ्रमण अमेरिकाले उत्तर-दक्षिण सम्बन्ध सुधारका लागि “सावधानीपूर्वक रूपले अाशावादी” भएको प्रतिक्रिया दिएको छ । तर अाणविक अश्त्र नत्यागेसम्म प्योङयाङसँग वार्ता नगर्ने अमेरिकाले जनाएको छ ।

 

shares