Breaking News

टीकापुर हत्याकाण्डमा संलग्न भएको अाशंकामा थप २ जना काठमाण्डौबाट पक्राउ

काठमाण्डौ, २१ फाल्गुन । कैलालीको टीकापुरमा २२ वर्षीय युवकको हत्यामा संलग्न भएको अाशंकामा प्रहरीले काठमाण्डौबाट थप दुर्इ जनालार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्दिप रावल र सागर पाण्डे छन् ।

उनीहरूलार्इ महानगरीय प्रहरी वृत बालाजुको सहयोगमा टीकापुर प्रहरीको सिभिल टोलीले काठमाण्डौको बालाजु एरियाबाट सोमबार दिउँसो पक्राउ गरेको हो ।

थापाको खुकुरी प्रहारबाट हत्या भएको थियो । हत्यामा संलग्न भएको अाशंकामा प्रहरीले १९ जनालार्इ अनुसन्धानको लागि पक्राउ गरेको छ भने अाशंकामा रहेका टीकापुरका रावल र पाण्डे घटना भएकै दिनदेखि फरार रहेका थिए ।

ती दुवै जना बर्दिया हुँदै काठमाडौंसम्म पुगेको सुराक पाएपछि प्रहरीले पिछा गर्दै उनीहरूलार्इ काठमाण्डौबाट पक्राउ गर्न सफल भएको हो ।दुवै जनालार्इ भोलि टीकापुर लैजाने प्रहरीले जनाएको छ ।

टीकापुरमा अायोजित होली पर्वको अवसरमा खेलिने सांस्कृतिक होरी खेल चलिरहेका बेला टीकापुर नगरपालिका-२ सितापुर बस्ने २२ वर्षीय कर्ण थापाको बिहिवार खुकुरी प्रहार गरेर हत्या भएको थियो ।

shares