नारायण कडरियाको पहिलो म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौ, २१ फाल्गुन । नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

नवीनबाबु गुरुङको निर्देशनमा तयार उक्त म्युजिक भिडियोका गीतहरूमा नेपाल टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यम एवं स्टेजमा कुशल प्रस्तोताको रूपमा स्थापित भएका नारायण आफैँले स्वर भरेका छन् ।

गीतको म्यूजिक भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् । निशान घिमिरेले सम्पादन गरेको म्यूजिक भिडियोमा नारायणसँगै नायिका केकी अधिकारीलार्इ देख्न पाइन्छ ।

नेपाली सांगीतिक क्षेत्रमा नयाँ नाम भएपनि नारायण नवीनतम् प्रस्तुतिका कारण युवामाझ लोकप्रिय छन् । उनको म्यूजिक भिडियो रिलिज हुनुअघि नै विशेष चर्चामा रहेको थियो ।

सामाजिक सञ्जालमा पनि नारायणको म्यूजिक भिडियोको चासो निकै देखिएको छ । एजुकेशन पार्कले प्रायोजन गरेको म्यूजिक भिडियोमा कुलेखानी आसपासका मनोरम दृश्यहरू कैद गरिएका छन् । भिडियो हेर्नुहोस्-