राष्ट्रियसभाको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित, अर्को बैठक भोलि

काठमाण्डौ, २१ फाल्गुन ।  राष्ट्रियसभाको पहिलो बैठकले राष्ट्रियसभाको अन्तरिम कार्यविधि पारित गरेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा बसेको बैठकले राष्ट्रियसभा नियमावली तयार नहुँदासम्म बैठक सञ्चालन गर्न तयार भएको अन्तरिम कार्यविधि पारित गरेको हो ।

बैठकमा सुरुमा प्रधानमन्त्री र मन्त्रीहरू नियुक्तिबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । बैठकमा अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न तीन जना सांसद मनोनित गरिएको छ ।

मनोनित हुनेमा एमालेका परशुराम मेघी गुरुङ, नेपाली कांग्रेसका राघेश्याम अधिकारी र नेकपा माओवादी केन्द्रका कालीबहादुर मल्ल रहेका छन् । बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।