यस्तो छ यस वर्षको अोस्कार अवार्ड विजेता फिल्म ‘द शेप अफ वाटर’को कथावस्तु

काठमाण्डौ, २१ फाल्गुन । यस वर्षको अोस्कार अवार्ड जित्न सफल फिल्म ‘द शेप अफ वाटर’ को कथावस्तुबारे धेरैको जिज्ञासा हुन सक्छ ।

कुल १३ विधामा नोमिनेशनमा पर्न सफल उक्त चलचित्रले सर्वोत्कृष्ट चलचित्रसहित ४ वटा अोस्कार अवार्ड हात पार्न सफल भएको छ । मेक्सिकन डाइरेक्टर गीएर्मो डेल टोरोद्वारा निर्देशित यस फिल्मले विश्वमा देखिंदै अाएको पहिचानको लडाइँको विषय उठान गरेको छ ।

अाखिर के छ त फिल्ममा भन्ने धेरैको जिज्ञासाको विषय रहेको छ । यसभित्रको कथावस्तु यस्तो छ-

फिल्मको कथा सन् १९६० तिरको छ जतिबेला सोभियत संघ र अमेरिकाबीच शीतयुद्ध चलिरहेको थियो । फिल्मको मुख्य पात्र एलिसा (सेली हकिन्स) लाटी हुन्छिन् जो बाल्टिमोरस्थित एक गुप्तचर हार्इ सेक्युरिटी सरकारी ल्याबमा सफाइको काम गर्छिन् । उक्त अफिसमा एलिसासँग जेल्डा (ओक्टेविला स्पेंसर) पनि काम गर्छिन् । एलिसा जेल्डा बाहेक छिमेकमा बस्ने कलाकार जाइल्स (रिचर्ड जेनकिन्स) लार्इ चिन्दछिन् । यी दुर्इ व्यक्ति नै एलिसाको अाफन्त हुन् ।

जलप्राणीसँग एलिसाको पहिलो भेट

यिनीहरूको विगतका केही झलकहरू पनि फिल्ममा देखाइन्छ । एलिसाले काम गर्ने ल्याबमा एक वैज्ञानिक डाक्टर हफस्टेटलर (माइकल स्टूलबर्ग) पनि हुन्छन् । खासमा उनी रूसी जासूस हुन्छन् । फिल्मको पाँचौं र सबैभन्दा फरक तर महत्वपूर्ण पात्र भनेको ल्याबको एक ट्यांकीमा रहनेवाला जल प्राणी हुन्छ जसको चरित्र डग जोन्सले निभाएका छन् ।

उक्त जल प्राणीले जीवन र भावना बुझ्दछ । फिल्ममा एलिसाले सांकेतिक रूपमा बोल्ने एउटा संवाद छ-

“जब ऊ मलार्इ हेर्छ अथवा जसरी ऊ मलार्इ हेर्छ, तब ऊ जान्दैन कि ममा के कमी छ, कि म कसरी अधूरो छु । ऊ जस्तो म छु त्यसरी नै देख्छ ।”

एक सैनिक अधिकारी (माइकल शैनन)ले नदीबाट पक्रेर उक्त जल प्राणीलार्इ बन्दी बनाएर राखेको हुन्छ । फिल्ममा सो जीवलार्इ नदी किनारमा बस्ने प्रजातिको देवताको रूपमा देखाइन्छ । यो जीवलार्इ प्रयोगशालामा खूब सताइन्छ । उक्त जीव र एलिसाबीचको निकटता बढेसँगै फिल्मको कहानी अगाडि बढ्छ । एलिसाले सो जल प्राणीलार्इ बचाउने कोशिश गरिरहेको देखाइन्छ । उनले यसलार्इ कहिले बाथटवमा त कहिले अन्त कतै लुकाएर राख्छिन् ।

यो पनि पढौं-

अोस्कार अवार्ड: ‘द सेप अफ वाटर’ सर्वोत्कृष्ट घोषित, कुन विधामा कसले के जिते?