Breaking News

सन्नी लियोनीले जन्माइन् जुम्ल्याहा बच्चा: भन्छिन्, सबैको लागि ‘सरप्राइज’

मुम्बर्इ, २१ फाल्गुन । चर्चित बलिउड अभिनेत्री सन्नी लियोनीले जुम्ल्याहा सन्तान जन्माएकी छिन् ।

सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् तस्बिर पाेष्ट गर्दै सन्नी लियोनले लेखेकी छिन्, ‘यो ईश्वरको कृपा हो । २१ जुन २०१७ त्यस्तो दिन थियो । जुन दिन मेरो श्रीमान् र मैले केही समयमै तीन सन्तानका अभिभावक हुने अपेक्षा गरेका थियौं ।’ उनले थपिन्, ‘हामीले योजना बनाएरै परिवार बढाउने सोच बनायौं । वर्षौंपछि असर सिंह वेबर, नोअा सिंह वेबर र निशा सिंह वेबर प्राप्त गर्यौं  र भगवानको कृपाले हामीले ठूलो र पूर्ण परिवार पाएका छौं ।’

केही हप्ताअघि आफूले सन्तान जन्माएको भन्दै ईश्वरले आफ्ना लागि यो योजना बनाएर राखेको उल्लेख गरेकी थिइन् । ‘हामी असाध्यै सुन्दर तीन सन्तानका आमाबुवा भएकोमा खुशी छौं । यो सबैका लागि सरप्राइज हो,’ उनले भनेकी छिन् ।

यसअघि धर्म पुत्री ग्रहण गरेको सन्नीको जोडीमाथि प्रश्न उठ्यो, ‘के यी बच्चा तपाईंका बायोलोजिकल सन्तान हुन्? के तपाईंले जन्मदिनुभएको हो ?’ उनले केही समयपछि उत्तर दिँदै ट्वीटमार्फत् लेखिन्, ‘धेरै वर्षदेखिको सरोगेसी (भाडामा काेख लिएर बच्चा जन्माउने विधि) बाट सन्तान जन्माउने योजना बनाएको थियौं । त्यो अहिले आएर पूरा भयो । म खुशी छु।’ सन्नीका श्रीमान् ड्यानियलले पनि संजालमा फोटो शेयर गर्दै खुशी प्रकट गरेका छन् ।

shares