Breaking News

मुलुकलाई निकास दिन निर्वाचनमा भाग लिएको उपेन्द्र यादवको भनाई

काठमाण्डौ, ३० वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई निकास दिलाउन आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताएका छन् ।

काठमाण्डौमा भएको साक्षात्कारमा अध्यक्ष यादवले स्थानीय तहको पहिलो चरणकोे निर्वाचनमा उल्लेख्य सहभागिता हुने भन्दै आफूहरू जनलहर विपरीत जान नचाहेको बताए । उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि निर्वाचनमा जानुको विकल्प नभएकोे धारणा राखे ।

अध्यक्ष यादवले निर्वाचनमा भाग लिए पनि पार्टीले कुनै मुद्दा नछोडेको भन्दै चुनावलाई पनि संघर्षकै रूपमा लिएको स्पष्ट पारे ।

shares