माग पुरा नभएसम्म निर्वाचन हुन दिन्नौ : अनिल झा

काठमाण्डौ ३ बैशाख । नेपाल सद्भावना पार्टीले संविधान संशोधन गरी मधेसका माग सम्बोधन गर्न सरकारसंग आग्रह गरेको छ ।

पार्टीको २८ औ स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा अध्यक्ष अनिल झाले सरकार असत्य र हिंसामा उभिएको आरोप लगाए  । सरकारले आफुहरुको माग संवोधन नगरेसम्म निर्वाचन हुन नदिने अध्यक्ष झाको भनाइ थियो ।

घोषित आन्दोलनलाई शसक्त रुपमा अघि बढाउदै निर्णयक बनाउने उनले बताए ।