Breaking News

अोस्कार अवार्ड: ‘द सेप अफ वाटर’ सर्वोत्कृष्ट घोषित, कुन विधामा कसले के जिते?

काठमाण्डौ, २१ फाल्गुन । यस वर्ष फिल्म ‘द सेप अफ वाटर’ सर्वोत्कृष्ट घोषित हुँदै चलचित्र क्षेत्रको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड जित्न सफल भएको छ ।

उक्त फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । फिल्म ‘द सेप अफ वाटर’ ले जम्मा चार अवार्ड जितेको छ । लस एन्जेलसमा सम्पन्न ९० औं ओस्कार अवार्डमा सार्वधिक १३ विधाका लागि सेप अफ वाटर मनोनयनमा परेको थियो ।

चलचित्र ‘डार्केस्ट आवर’ बाट गेरी ओल्डम्यान सर्वोत्कृष्ट अभिनेता घोषित भएका छन् । यसैगरी फ्रान्सेस म्याकडोरम्यान्डले ‘थ्री बिलबोर्ड्स आउटसाइट एबिङ मिसोउरी’बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रमा भने स्पेनिस भाषाको ‘द फेन्टास्टिक वुमेन’ ले अवार्ड जित्न सफल भएको छ ।

अन्य विजेताका नामहरू :

सर्वोत्कृष्ट सहायक अभिनेताः साम रकवेल (थ्री बिलबोड्स आउटसाइड एबिङ मिसउरी)
सर्वोत्कृष्ट सहायक अभिनेत्रीः ऐलीसन जेनी (आई तोन्या)
सर्वोत्कृष्ट सम्पादनः डनकर्क (ली स्मिथ)
सर्वोत्कृष्ट डकुमेन्ट्री (फिचर): डनकर्क (ली स्मिथ)
सर्वोत्कृष्ट ध्वनी सम्पादनः डनकर्क (रिचर्ड किङ र एलेक्स गिबसन)
सर्वोत्कृष्ट साउन्ड मिक्सिङः डनकर्क
मौलिक पटकथाः गेट आउट, जोर्डन पीले
प्रोडक्सन डिजाइनः द सेप अफ वाटर
विदेशी भाषाको चलचित्रः अ फेन्टास्टिक वुमेन
एनिमेटेड फिचर फिल्मः कोको
भिजुअल इफेक्ट्सः ब्लेड रनर २०४९
बेस्ट डकुमेन्ट्री शर्टः हेवन इज द ट्राफिक जेम अन द ४०५ फ्रैर स्टेफेल)
एडेप्टेड स्क्रीनप्लेः कल मि बाई योर नेम (जेम्स इवोरी)

यो पनि पढ्नुहोस्-

यस्तो छ यस वर्षको अोस्कार अवार्ड विजेता फिल्म ‘द शेप अफ वाटर’को कथावस्तु

shares