Breaking News

हिमालय टेलिभिजनको होली विशेष

गुञ्जनराज गिरी/काठमाण्डौ,  १८ फाल्गुन । रंगैरंगको पर्व होली हिमालय टेलिभिजनले विशेष कार्यक्रमको अायोजना गरी मनाएको छ ।

काठमाण्डौको चण्डोलस्थित् कुण्डलिनी ब्याङ्केटमा एसियन पेन्ट्स प्रिजेन्ट हिमालय होली नामक विशेष कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा गायक गायिकादेखि चलचित्रकर्मीहरूले विशेष प्रस्तुती दिएका थिए । धिरज रार्इ, उदेश श्रेष्ठ, विजय लामा, विश्व नेपाली, ज्योति घिमिरे, निशा देशार, अाकांक्षा बस्याल, रमेशराज भट्टरार्इ, अोम सुनार, कविता श्रेष्ठ तथा मन्जु पौडेल र ज्योति मगरलगायतका गायक गायिकाहरूले अाफ्नो गीत गाएर उपस्थित होलीप्रेमीहरूलार्इ मनोरञ्जन प्रदान गरेका थिए ।

त्यस्तै, चलचित्रकर्मीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो । सरोज खनाल, शिल्पा पोखरेल, निता ढुंगाना, छुल्ठिम डोल्मा, पुष्पल खड्का, अंकित खड्का, विजय बराल र डीजे कविनले मनोरञ्जन प्रदान गरेका थिए । उक्त कार्यक्रममा ‘हुर्रे’, ‘पञ्चायत’, ‘मंगलम’, ‘झमकबहादुर’ चलचित्र टिमले विशेष प्रस्तुतिसमेत दिएका थिए ।

हिमालय होली विशेषको प्रमुख प्रायोजन एसियन पेन्ट्सले गरेको थियो भने सह-प्रायोजनमा सिग्नेचर तथा टुवोर्ग, तिब्सा र गज्जबको डटकमको सहयोगी भूमिका रहेको थियो । स्थल सहयोग कुण्डलिनी ब्याङ्केटले गरेको हो । कार्यक्रममा हिमालयकर्मी तथा करिब २ हजार दर्शकको उपस्थिति रहेको थियो । सो कार्यक्रमको हिमालय टेलिभिजनले ११:३० बजेदेखि ४:३० सम्म प्रत्यक्ष प्रसारण गरेको थियो ।

कार्यक्रमको फोटोफिचर:

तस्वीर: विक्रम न्यौपाने

कार्यक्रम प्रस्तोता निकिता अाचार्य
अाकांक्षा बस्याल
उदेश श्रेष्ठ
छुल्ठिम डोल्मा
निशा देशार
विजय लामा
मन्जु पौडेल
विश्व नेपाली
धीरज रार्इ
ज्योति मगर
पुष्पल खड्का र शिल्पा पोखरेल
‘हुर्रे’ चलचित्र टिम
निता ढुंगाना र साथीहरू

 

shares