November 18, 2017

पहिलो खेलमा हैदराबाद टस जितेर बलिङ गर्दै

काठमाण्डौ, ३० वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आजको पहिलो खेलमा गुजरात लायन्स र सनराइज हैदराबादबीच खेल भइरहेको छ ।

कानपुरमा रहेको ग्रिन पार्कमा भएको खेलमा हैदराबादले टस जितेर बलिङ गरिरहेको छ । सनराइजबाट युवराज सिंहको स्थानमा दिपक हुडाले खेल्नेछन् । त्यसैगरी गुजरातले पनि दुई खेलाडिमा परिवर्तन गरेको छ । धावल कुलकर्नीको स्थानमा प्रविण कुमारले खेल्नेछन् भने वसिल थम्पिको स्थानमा मुनाफ पटेलले खेल्नेछन् ।

प्लेअफमा स्थान बनाइराख्न हैदराबादलाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।