July 24, 2017

‘स्तन क्यान्सर न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम आवश्यक ’

काठमाण्डौ, ३० वैशाख । सरोकारवालाहरूले नेपालमा स्तन क्यान्सर न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

काठमाण्डौमा आज क्यान्सर सरोकारवाला संस्था तथा नेपाल टेलिकमको आयोजनामा भएको ‘नेपालमा स्तन क्यान्सर समस्या न्यूनिकरणका लागि बृहत् अन्तरक्रिया’ कार्यक्रममा विज्ञहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा विज्ञहरूले स्तन क्यान्सरले भयावह रूप लिएको भन्दै सचेत हुन आग्रह गरेका थिए ।