Breaking News

सय वर्षीय वृद्ध पौडीबाजले राखे विश्व रेकर्ड, शनिबार अर्को रेकर्ड तोड्न कस्सिंदै

अष्ट्रेलिया, १८ फाल्गुन । ९९ वर्षीय एक अष्ट्रेलियन पौडीबाजले अाफ्नो उमेर समूह अन्तर्गत ५० मिटर फ्रिस्टाइलमा विश्व रेकर्ड कायम गरेका छन् ।

१०० देखि १०४ वर्ष उमेर समूह अन्तर्गतको क्वीन्सल्याण्डमा अायोजित पौडी प्रतियोगितामा जर्ज कोरनिज नामक वृद्धले ५६.१२ सेकेन्डमा दूरी पार गर्दै उक्त रेकर्ड राख्न सफल भएका हुन् । यसअघि सन् २०१४ मा बेलायती पौडीबाज जोन ह्यारिसनले राखेको विश्व रेकर्डभन्दा ३५ सेकेन्ड छिटो ५० मिटरको दूरी पार गरी उनले नयाँ रेकर्ड कायम गरेका छन् । उनको नयाँ रेकर्डलार्इ अन्तर्राष्ट्रिय पौडी संघले अाधिकारिक मान्यता दिन भने बाँकी छ ।

अागामी अप्रिलमा १०० वर्ष पूरा हुन गइरहेको कोरनिजको यो रेकर्ड १००-१०४ वर्ष उमेर समूहमा मान्यता पाउनेमा निश्चित जस्तै छ । उनले संचारमाध्यमसँग कुरा गर्दै अाफ्नो रेकर्डबाट अाफू निकै खुशी भएको प्रतिक्रिया दिएका छन् ।

बुधबार गोल्ड कोष्टमा राखिएको उक्त प्रतियोगिता अघिल्लो रेकर्ड तोड्न नै अाधिकारिक रूपमा अायोजना गरिएको बताइएको छ । ब्रिस्बेन निवासी कोरनिज सुरुवातबाटै पौडीमा रूचि राख्ने भएपनि ८० वर्षको उमेरपछि मात्रै सक्रिय रूपमा पुन: खेलमा फर्केको बताउँछन् । दोस्रो विश्वयुद्धताका पौडी खेल्न छाडेका उनले बूढेसकालमा फेरि शारीरिक कसरतका लागि भन्दै पौडी खेल्न सुरु गरेका थिए ।

शनिबार राति कोरनिजले १०० मिटर फ्रिस्टाइल अन्तर्गत पनि यसअघि ह्यारिसनले नै कायम गरेको ०३:२३.१० को रेकर्ड तोड्न खेलको अायोजना गरिंदैछ ।

 

shares