October 19, 2017

अपणो परिवारद्वारा सञ्चालित निशुःल्क भोजन कार्यक्रम १० औं महिनामा

काठमाण्डौ, ३० वैशाख । पशुपतिनाथको पुष्पबाटिकामा अपणो परिवारद्वारा संचालित निःशुल्क भोजन कार्यक्रमले १० औं महिनामा पनि निरन्तरता पाएको छ ।

असहाय, दुःखी, गरीब तथा साधु सन्तका लागि आयोजना गरिएको निःशुल्क भोजन कार्यक्रम निकै सफलतापूर्वक अघि बढिरहेको संचालक दयाराम अग्रवालले बताए । २०७३ साउन १८ गते देखि सञ्चालित निः शुल्क भोजनमा विभिन्न क्षेत्रसँग सम्बन्धित अतिथिहरुले पनि भाग लिने गरेका छन् ।

कार्यक्रममा आज ३४ बर्ष लामो भट्टको सेवा निर्वाह गरेका पूर्व पुजारी अनन्तकृष्ण शौम्य पनि सहभागी थिए । भारतको राजस्थानबाट करिब १६ बर्षपछि पशुपतिको दर्शनका लागि आएका पुर्व भट्ट शौम्यले निःशुल्क भोजन कार्यक्रममा भाग लिएका हुन् ।