May 26, 2017

औषधीमा सयौं गुणा नाफा लिन्छन् व्यापारीहरु

काठमाण्डौ, ३० वैशाख । औषधीमा व्यापारीहरुले सयौं गुणा नाफा लिएको भेटिएपछि सरकारले औषधी आफैं किनेर आफैं बेच्ने भएको छ ।

विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले दिएको सिफारिसका आधारमा यसरी औषधी बेच्दा ५० प्रतिशतसम्म सस्तो पर्न सक्ने देखिएको छ ।

त्यस्तै सुझाव समितिले आत्मनिर्भर हुन सकिने औषधीहरुमा स्वदेशी उद्योगकै औषधी प्रयोग गर्न दिएको सुझावलाई पनि कार्यान्यन गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिए । सुझाव समितिले नेपाली बजारमा बिक्री हुँदै आएका औषधीहरु २२ सय प्रतिशतसम्म बढी मूल्य राखेर विक्री गर्ने गरेको पत्ता लगाएको छ । क्यान्सर, मृगौला लगायत कडा रोगका औषधीहरु उच्च मूल्यमा बेच्ने गरेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *