डा. पन्थी बङ्गलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित

काठमाण्डौ, १६ फाल्गुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ डा. सन्देश पन्थी बङ्गलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित भएका छन् ।

जन गणतन्त्र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यालयमा आयोजित एक विशेष समारोहमा डा. पन्थीलाई गोल्ड मेडलबाट सुसोभित गरेकी हुन् । डा. पन्थीले बङ्गलादेशको एकमात्र सरकारी मेडिकल विश्वविद्यालय बङ्गबन्धु शेख मुजिब मेडिकल विश्वविद्यालयबाट सन् २०१६ मा पाँच वर्षे एमडी एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म (डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ) विशेषज्ञता हासिल गरेका थिए ।

उनले सो विश्वविद्यालयको एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म विभागमा मात्र नभएर समग्र मेडिसिन फ्याकल्टीमा नै सर्वाधिक अंकसहित सर्वोत्कृष्ट नतिजा हासिल गरेका थिए । डा. पन्थी हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा डायबेटिज, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञका रूपमा कार्यरत छन् ।