सुजुकीको नयाँ मोटरसाइकल नेपालमा

गुञ्जनराज गिरी/काठमाण्डौ, १५ फाल्गुन । मंगलबार होटल सोल्टीमा एक कार्यक्रमको अायोजना गरी विश्वप्रख्यात सुजुकी ब्रान्डको इन्ट्रुडर क्रुज बाइक नेपाली बजारमा ल्याएको छ ।

इन्ट्रुडर सुजुकी ब्रान्डको क्रुज बाइक समूहको एक नयाँ संरचना भएको अायोजकले जनाए । सुजुकी इन्ट्रुडर एम १८०० अार को प्रतिनिधिस्वरूप इन्ट्रुडर १५० सीसीको नयाँ संस्करण नेपालका लागि अाधिकारिक बिक्रेता भि.जि. अटोमोबाइल्स प्रा. लि. ले नेपाली बजारमा भित्र्याएसँगै यसको बिक्री शुभारम्भले सन् २०१८ मा नेपालमा एक नयाँ रौनक बढाउनेमा अाशावादी रहेको भि.जि. अटोमोबाइल्सले जनाएको छ ।

इन्ट्रुडर क्रुज बाइक समूहले अाधुनिक स्टाइल, विशेष गुणहरू र कार्य क्षमताको एक सही संयोजन भएको यसमा इन्ट्रुडर एम १८०० अार स्टाइलको हेडलाइट, डिजिटल मिटर, तीक्ष्ण र अनुपम दोहोरो निष्काशन, सुविधादायक क्रुज बाइकमा बस्ने पोजिशनसहितको विलासितापूर्ण स्टाइलिङका साथ अद्यावधिक गरिएको छ । त्यस्तै, चालकहरूको सुरक्षाको लागि १५० सीसीको बाइक समूहमा एबिएस प्रणाली जडान गरिएको एक मात्र बाइक रहेको कम्पनीको दाबी छ ।

इन्ट्रुडर क्रुज बाइक भि.जि. अटोमोबाइल्स प्रा. लि. ले नेपालको लागि ३ लाख ९ हजार ९ सय तोकेको छ । विश्वस्तरीय यी जापानिज प्रविधिको बाइक तथा स्कुटरमा कम्पनीले ५ वर्षको वारेन्टी प्रदान गर्दै अाइरहेको छ । नेपालमा भि.जि. अटोमोबाइल्स प्रा. लि.को बलियो वितरण संजालमार्फत् देशैभर एउटै छानामुनि ७३ स्थानमा ३ एस (सेल्स, सर्भिस र स्पेयर) सेवा प्रदान गर्दै अाएको कम्पनीले जनाएको छ ।