मताधिकारकाे प्रयाेग गर्न मतदाताहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ, ३० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको पूर्वसन्ध्यामा आम मतदाताहरुलाई मतदानमा सहभागी हुन आग्रह सहित ९ बुँदे अपिल जारी गरेका छन् ।

निर्वाचनको दिन मतदानको दिन मात्र नभएर नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि रहेको प्रधानमन्त्रीद्वारा जारी अपिलमा उल्लेख छ । उनले मतदातालाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गरेका छन् ।

अपिलमा सरकार तोकिएको मितिमा दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न पनि प्रतिबद्ध रहेको उल्लेख छ ।