October 19, 2017

काँग्रेस जिल्ला सभापतिहरुको सुझाव : ‘निर्वाचन १० दिन सारेर पनि मधेसी मोर्चालाई सहमतिमा ल्याऔं’

काठमाण्डौ ३ बैशाख । नेपाली काँग्रेसका दुई नम्बर  प्रदेशका जिल्ला सभापतिहरूले स्थानीय तहको निर्वाचन केही दिन पछि सार्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी कार्यालय सानेपामा भएको छलफलमा प्रदेश नम्बर दुईका पार्टीका केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरुले मधेशी मोर्चालाई सहमतिमा ल्याएर निर्वाचन गराउनुपर्ने भन्दै आवश्यक परे निर्वाचन १० दिन पछि सार्नुपर्ने बताएका हुन् । सात वटा जिल्लाका सभापतिहरुले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउँदा पार्टी र देश दुवैका लागि हित हुने धारणा राखेका छन् ।

नेपाली काँग्रेसका मधेश केन्द्रित नेता तथा सांसदहरुले निर्वाचनको मिति पछि सारेर भए पनि मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पार्टी र देश दुवैको लागि हित हुने धारणा राख्दै आएका छन् ।