September 23, 2017

शक्तिशाली राष्ट्रहरुमा एकैसाथ साइबर आक्रमण

काठमाण्डौ, ३० वैशाख । विश्वका शक्तिशाली राष्ट्रसहित एक सय भन्दा बढी राष्ट्रमा एकसाथ साइबर आक्रमण भएको छ ।

ह्याकरहरुले विभिन्न देशमा एकसाथ कम्प्युटर ह्याक गरी आक्रमण गरेको बिबिसिले जनाएको छ । रेनसमवेयर नामक भाइरसको नामबाट आक्रमण भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । अमेरका, बेलायत, चीन, रुस, स्पेन, इटाली, भियतनाम, ताइवान लगायत ९९ भन्दा बढी मुलुक ह्याकरको आक्रमणमा परेका छन् ।

आक्रमणपछि कम्प्युटरहरु बन्द भएका छन् भने कप्युटर खोल्नका लागि ३०० डलर माग गरिएको छ ।