September 23, 2017

पूर्वमा चिकित्सकको पूर्जी बिना नै औषधी बिक्री वितरण

काठमाण्डौ, ३० वैशाख । पूर्वका औषधी पसलहरूले गम्भिर किसिमका औषधीहरू चिकित्सकको पूर्जी बिना नै बिक्री गर्ने गरेको पाइएको छ ।

औषधी व्यवस्था विभाग विराटनगरले केही सातायता पूर्वका दमक, उर्लाबारी, विराटनगर, भोजपुर, धरान र इनरुवा लगायतका स्थानमा गरेको अनुगमनका क्रममा निद्रा, मानसिकजस्ता गम्भिर प्रकृतिका औषधी मेडिकलहरूले खुला रूपमा बिक्री गर्ने गरेको पाइएको हो । अधिकांश औषधी पसल तथा क्लिनिकहरुमा नारकोटिक औषधी खुला रुपमा बिक्री हुने गरेको पाइएको फार्मेसी अधिकृत रेवत बस्नेतले बताए ।

अनुगमन टोलीले औषधी बिक्री गर्न आफ्नो अनुकुलका अदक्ष जनशक्ति राख्ने गरेको पाइएकाले यसलाई व्यवस्थित बनाउन नियम कडाइका साथ अवलम्बन गरिने जनाएको छ ।