August 24, 2017

सेनाको संरचना परिवर्तन गर्ने सरकारको निर्णय

काठमाण्डौ, ३० वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको संरचना परिवर्तन गर्ने निर्णय गरेको छ ।

बैठकले दरबन्दी यथावत् राख्दै सेनाको संरचना परिवर्तन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले सेना भित्रको राष्ट्रिय स्वयंसेवक दलमा पुरानो दरबन्दी यथावत् राखेर ३ सय ४० समायोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले प्रदेश नम्बर दुईमा स्थानीय तहको संख्या थप गर्नका लागि अध्ययन गर्न उपप्रधानमन्त्री विजयकुमार गच्छादारको संयोजकत्वमा रक्षामन्त्री र कानूनमन्त्री रहने गरी तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

यसअघि प्रदेश नम्बर दुईमा स्थानीय तहको संख्याका विषयमा अध्ययन गरी रिपोर्ट पेश गर्न तत्कालीन स्थानीय विकासमन्त्री कमल थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । थापा सरकारबाट बाहिरिएपछि स्थानीय विकासमन्त्री बनेका गच्छदारको संयोजकत्वमा पुनः कार्यदल गठन गरिएको हो ।