October 23, 2017

प्रमुख आयुक्त यादव भन्छन्- निर्वाचनका लागि कुनै कसर बाँकी राखिएकाे छैन

काठमाण्डौ, ३० वैशाख । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले निर्वाचन स्वतन्त्र र निष्पक्ष बनाउन आयोगले कुनै कसर बाँकी नराखेको बताएका छन् ।

प्रमुख आयुक्त यादवले लोकतन्त्रको स्थायित्वका लागि हुन लागेको निर्वाचन महाभियानमा सहभागी हुन सबैलाई अपिल गरेका छन् । यादवले निर्वाचनको मौन अवधिको पूर्ण रुपमा पालना गर्न / गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान पनि गरे ।

स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणका तीन प्रदेशमा भोलि मतदान हुँदैछ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।