घरेलु साना उद्योगबाटै धनकुटाको आर्थिक समृद्धि सम्भव

विजय राई / धनकुटा, २९ वैशाख । धनकुटाको सागुरीगढीकोे साप्तेनमा आयोजित उद्यमशीलता विकास तालिम कार्यक्रमका वक्ताहरुले घरेलु तथा साना उद्योगहरुमार्फत धनकुटाको आर्थिक समृद्धि गर्न सकिने बताएका छन् ।

गाउँ घरमा पाइने स्थानीय कच्चा वस्तुहरुको प्रयोग गरी गरिबी निवारण गर्दैे समग्र धनकुटाको विकास गर्न सकिने अन्र्तक्रिया कार्यक्रमका सरोकारवाला प्रतिनिधिहरुले बताएका हुन् । उक्त कार्यक्रम घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको सहयोगमा सिडिएफ धनकुटाले गरेको हो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख सत्य नारायण राईको साथै जिल्ला समन्वय समिति धनकुटाका वरिष्ठ कार्यक्रम अधिकृत तथा अनुगमन समितिका संयोजक सिताराम गौतम, नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई लगायतको उपस्थिति रहेको थियो ।

तालिममा सहभागी उद्यमीहरुले स्थानीय कच्चा पदार्थहरुको अत्याधिक प्रयोग गरी आम्दानी गर्दै आत्मनिर्भर बन्ने सकिनेमा जोड दिए ।