Breaking News

फलामे रड प्रहारबाट आमाको मृत्यु, छोरा पक्राउ 

जागेश्वर यादव/ सिरहा, ११ फाल्गुन । घरायसी विवाद भएपछि छोराले फलामे रड प्रहार गर्दा गम्भीर घाइते भएका उनका आमाको बिहीबार राती मृत्यु भएको छ ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी २८ वर्षीय रामदास तत्माले आफ्नै आमा ४५ वर्षीया ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए ।

रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी आमा ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले जनाएको छ ।

सोही रड प्रहारबाट गम्भीर घाइते भएकी सुनिता दासको विराटनगरस्थित नोबेल अस्पतालमै उपचार भइरहेको छ । आमा र बहिनीमाथि रड प्रहार गर्ने राम दासलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

shares