September 23, 2017

आइपिएल अन्तर्गत दिल्ली र पुने भिड्दै

काठमाण्डौ, २९ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत अहिले दिल्ली डेयरडेभिल्स र राइजिङ पुने सुपरजायन्ट्सबीच खेल भइरहेको छ ।

दिल्लीको गृहमैदान फिरोज शाह कोटलामा भएको खेलमा दिल्लीले टस जितेर ब्याटिङ गरिरहेको छ । करुण नायरको कप्तानीमा दिल्ली र स्टिभ स्मिथको कप्तानीमा पुने मैदानमा उत्रिएको हो ।

अब एक खेल जिते मात्र पुग्ने पुनेलाई रोक्नका लागि दिल्ली प्रयासरत रहनेछ भने पुने जित हासिल गर्दै प्रतियोगितामा आफ्नो सम्भावना कायम राख्न चाहन्छ ।