May 26, 2017

एफबीआईको पदबाट हटाइएका जेम्स कोमीलाई ट्रम्पको चेतावनी

काठमाण्डौ, २९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भरखरै एफबीआई प्रमुखको पदबाट हटाइएका जेम्स कोमीको टेप लिक भएकाे घटनालाई लिएर कोमीलाई चेतावनी दिएका छन् ।

ट्विट गर्दै ट्रम्पले भने, ‘हामी दुईको आपसमा भएको वार्तालापको कुनै पनि अंश उक्त टेपमा हुनुहुन्न ।’ अमेरिकी चुनावमा ट्रम्पले रुससँग मिलेर हस्तक्षेप गरेका थिए कि थिएनन् भन्ने विषयलाई लिएर अध्ययन गरिरहेका कोमीलाई मंगलबार अचानक एफबीआईको पदबाट हटाइएको हो ।

उक्त घटनामाथि अध्ययन गरिरहेको क्रममा ट्रम्पले उनलाई मेरो विरुद्धमा केही जाँच चलिरहेको छ कि छैन भनेर सोधेका थिए । तर कोमीले ट्रम्पको विरुद्धमा कुनै अनुसन्धान नभएको बताएका थिए । यसअघि हिलारी किल्निटनले आफूले चुनाव हार्नुको मुख्य कारण कोमी भएको आरोप लगाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *