July 21, 2017

नेपाल उद्याेग वाणिज्य संघकी अध्यक्ष राणाकाे गृहनगरमा सम्मान

कमला हमाल / काठमाण्डौ २९ वैशाख । नेपाल उद्याेग वाणिज्य संघको अध्यक्षमा निवार्चित भएपछि गृहनगर नेपालगञ्ज पुगेकी भवानी राणालाई भव्य सम्मान तथा स्वागत गरिएको छ ।

नेपालगञ्जबाट प्रतिनिधित्व गरी उद्योग वाणिज्य संघकाे अध्यक्षजस्तो पदमा नेतृत्व गर्न सफल भएको भन्दै सम्मान कार्यक्रम आयोजना गरिएको नेपालगञ्ज उद्याेग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए । नेपालगञ्ज उद्याेग वाणिज्य संघकाे आयोजनामा उक्त कार्यक्रमकाे गरिएकाे थियाे ।

सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै राणाले आफूले यस क्षेत्रको पहिचान बाेकेर गरेकोले यस क्षेत्रका उद्याेगी व्यवसायीको समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाइन् ।